दफा
अख्तियारी तथा कार्यक्रम स्वीकृति सम्बन्धी व्यवस्था
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि विनियोजन भएको रकम प्रचलित कानूनको अधीनमा रही खर्च गर्ने अख्तियारी यो ऐन प्रारम्भ भएको दिनदेखि अधिकारप्राप्त अधिकारीलाई हुनेछ।

(२) उपदफा (१) बमोजिम खर्च गर्ने अख्तियारीको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयले सम्बन्धित निकायलाई विनियोजन भएको रकम निकासा दिनेछ।

(३) कुनै निकायलाई एक भन्दा बढी निकायबाट खर्च गर्ने गरी रकम विनियोजन भएकोमा विनियोजन भएको निकायको प्रमुखले संवत्‌ २०८० साल असोज मसान्तभित्र विनियोजन भएको सम्पूर्ण रकम खर्च गर्ने निकायलाई बाँडफाँट गरी त्यसको जानकारी नेपाल सरकार, अर्थ मन्त्रालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई दिनु पर्नेछ। सो समयावधिभित्र बाँडफाँट नभएमा नेपाल सरकार, अर्थ मन्त्रालयले त्यस्तो रकम रोक्का राख सक्नेछ।

(४) उपदफा (३) बमोजिमको बाँडफाँटबाट रकम प्राप्त गर्ने निकायको प्रमुखलाई त्यस्तो रकम खर्च गर्न अख्तियारी प्राप्त भएको मानिनेछ।

(५) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएको कार्यक्रमलाई बजेट कार्यान्वयन गर्ने प्रयोजनको लागि स्वीकृत कार्यक्रम मानिनेछ।

(६) उपदफा (५) बमोजिम मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएको कुनै कार्यक्रम संशोधन गर्नु पर्ने भएमा सम्बन्धित निकायले नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिई संशोधन गर्न सक्नेछ।

(७) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएको एउटै अनुदान सङ्केत भित्रको कार्यक्रममा नेपाल सरकारको स्रोत तर्फ सम्बन्धित निकायको लेखा उत्तरदायी अधिकृतले देहाय बमोजिम कार्यक्रम संशोधन तथा रकमान्तर गर्न सक्नेछः-

(क) एकै बजेट उपशीर्षकभित्रको भइरहेको क्रियाकलापको परिमाणात्मक लक्ष्य थप घट र त्रैमासिक विभाजन गर्ने गरी कार्यक्रम संशोधन गर्न,

(ख) खण्ड (क) बमोजिम कार्यक्रम संशोधन गर्दा रकमान्तर गर्नु पर्ने भएमा स्रोत परिवर्तन नहुने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० को उपदफा (२) को अधीनमा रही थप हुने खर्च शीर्षकको सुरु विनियोजनको पच्चीस प्रतिशतसम्म रकमान्तर गर्न।

(८) यस दफा बमोजिम सम्बन्धित निकायको लेखा उत्तरदायी अधिकृतले कार्यक्रम संशोधन तथा रकमान्तर गर्नु पर्ने भएमा देहायको खर्च शीर्षकभित्र रही कार्यक्रम संशोधन तथा रकमान्तर गर्नु पर्नेछः-

img (९) उपदफा (६), (७) र (८) बमोजिमको कार्यक्रम संशोधन तथा रकमान्तर सम्बन्धित निकायको लेखा उत्तरदायी अधिकृतले मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गराउनु पर्नेछ। (१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एकै अनुदान सङ्केतभित्रका एकभन्दा बढी बजेट उपशीर्षकमा बाँडफाँट भएको देहायका एकै खर्च शीर्षकको रकम एक बजेट उपशीर्षकबाट घटाई अर्को बजेट उपशीर्षकमा थप गर्नु पर्ने भएमा र एउटै बजेट उपशीर्षक अन्तर्गत एकै खर्च शीर्षकको रकम एक निकायबाट घटाई अर्को निकायमा थप गर्नु पर्ने भएमा मन्त्रालयगत बजेट सूचना प्रणालीमा रोक्का राखी (सोही आधारमा क्रियाकलाप परिवर्तन नगरी) खर्च शीर्षकमा स्वीकृत दरबन्दीभित्र रही सम्बन्धित निकायको लेखा उत्तरदायी अधिकृतले रकमान्तर तथा कार्यक्रम संशोधन गर्न सक्नेछः -

img